अमेरिकी लोकतन्त्र खतरामा : जाे बाइडेन

189
0
Share:

अमेरिकी राष्ट्र पति जो बाइडेनले मंगलबार हुने मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले जिते अमेरिकाको लोकतन्त्रलाई कमजोर बनाउन सक्ने बताएका छन् ।

राष्ट्रपति बाइडेनले न्यूयोर्क र फ्लोरिडामा सञ्चालन भएका र्‍यालीहरूमा सम्बोधन गर्दै रिपब्लिकनले जिते अमेरिकी लाेकतन्त्र खतरामा पर्ने चेतावनी दिएका हुन् ।

अर्कोतर्फ, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मतदानको केही दिनअघि मात्र पुनः राष्ट्रपतिको चुनावमा उठ्ने संकेत दिएका छन् । जसले चुनावमा रिपब्लिकनहरूले अमेरिकी कांग्रेसका दुवै सदनहरूमा नियन्त्रण लिनसक्ने अनुमान गरिएको छ ।

बाइडेनको स्वच्छ–ऊर्जा कार्यक्रम र पुल तथा सडकहरू पुनर्निर्माण गर्ने वाचाहरूको बाबजुद रिपब्लिकनहरूले उच्च मुद्रास्फीति र कोभिड-१९ महामारीका बीचमा अपराध बढेको भन्दै बाइडेनको प्रशासनको कडा आलोचना गरेका छन् ।

रिपोर्टहरूका अनुसार जर्जिया, पेन्सिलभेनिया र नेभाडा राज्यमा सिनेटको दौडमा डेमोक्र्याटको प्रारम्भिक अग्रता घटेको छ । स्रोत : इण्डियाटुडे

कमेन्ट गर्नुहोस्