एनआईसी एसिया क्यापिटलद्वारा संचालित ३ योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

116
0
Share:

एनआईसी एसिया क्यापिटल अन्तर्गतका तीन योजनाहरूको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १४ गते) अन्तिम दिन रहेको छ ।

एनआईसी एसिया क्यापिटलअन्तर्गतका तीन योजनाहरू एसिया डाइनामिक डेप्ट फण्ड, एनआईसी एसिया ब्यालेन्स्ड फण्ड र एनआईसी एसिया ग्रोथ फण्डको लाभांश कात्तिक १४ गतेसम्म कायम इकाईधनीहरूले मात्र प्राप्त गर्ने छन् ।

प्रस्तावित लाभांश प्रयोजनका लागि तीन ओटै फण्डहरूले कात्तिक १५ गते एक दिन बुक क्लोज गर्ने भएका छन् ।

गत आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफाबाट एनआईसी एसिया डाइनामिक डेप्ट फण्डले करसमेत ६ प्रतिशत, एनआईसी एशिया ब्यालेन्स्ड फण्डले करसमेत १३ प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्डले पनि करसमेत १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेका छन् ।

कमेन्ट गर्नुहोस्