
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। आइतबार सुन प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य सोमबार भने स्थिर रहेको हो।
आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।
कमेन्ट गर्नुहोस्








