चितवन मेडिकल कलेजको गेटमा शंकास्पद वस्तु फेला

164
0
Share:

चितवन । चितवन मेडिकल कलेजको गेटअगाडि शंकास्पद वस्तु भेटिएको छ । अस्पतालको मूल गेटको अगाडि बोतलमा तारहरू बाहिर देखिएको एक शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

त्यहाँ राखिएको वस्तु के हो भन्ने थाहा हुन सकेको छैन । डिस्पोजका लागि नेपाली सेनाको टोली बोलाइएको प्रहरीले जनाएको छ । शंकास्पद वस्तु भेटिएपछि अस्पताल क्षेत्र त्रास पैदा भएको छ ।

शंकास्पद वस्तु भेटिएपछि पूर्वपश्चिम जाने सवारी साधनलाई डाइभर्ट गरेर पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्