स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफासँगै ईपीएसमा पनि उल्लेख्य वृद्धि, अन्य सूचक कस्ता छन् ?

164
0
Share:

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

असोज मसान्तसम्म आइपुग्दा बैंकको खुद नाफा ६८.३९ प्रतिशतले ८१ करोड १३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ४८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६२.८३ प्रतिशतले बढेर १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ८६ करोड ८४ लाख रुपैयाँमा सीमित थियो।

बैंकको वितरणयोग्य मुनाफा ४८ करोड ५५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३१ करोड ४१ लाख रुपैयाँमा सीमित थियो।

यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत १ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ६८ करोड ८७ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा ६९.२० प्रतिशतले बढेको छ।

पहिलो त्रैमासमा बैंकले १ खर्ब रुपैयाँ बढी निक्षेप संकलन गरी ७९ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

चुक्तापुँजी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १०.६७ प्रतिशतले बढेर ६ अर्ब ५४ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष ५ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो।

बैंकको खराब कर्जाको अनुपात (एनपीएल) बढेर ०.७७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.६७ प्रतिशतमा सीमित थियो। सीडी रेसियो ८३.९८ प्रतिशत रहेको बैंकको आधारदर ९.२६ प्रतिशत छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ५३.१२ प्रतिशतले बढेर ३४.४२ रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष ईपीएस २२.४८ रुपैयाँ रहेको थियो। पीई रेसयो ११.९१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २०१.३२ रुपैयाँ रहेको छ।

कमेन्ट गर्नुहोस्