बैंकहरुको नाफा १८ अर्ब १५ करोड : एनआईसी एसिया सबैभन्दा अगाडि, कुन बैंकको नाफा कति ?

166
0
Share:

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा १८ अर्ब ७५ करोड ६८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसैअवधिको भन्दा ५.९४ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको यसैअवधिमा वाणिज्य बैंकहरुले १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफा कमाएका थिए ।

पहिलो त्रैमाससम्ममा सबैभन्दा धेरै नाफा कमाउनेमा एनआईसी एसिया बैंक रहेको छ । उक्त बैंकको नाफा ४८.७९ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी, दोस्रोमा नबिल बैंक रहेको छ । नबिलले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ११ करोड २२ लाख रुपैयाँ रहेको थियो ।

त्यसैगरी, सर्वाधिक नाफा कमाउने वाणिज्य बैंकहरुको तेस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २४ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र कुमारी बैंकको नाफा पनि १ अर्ब माथि छ । यी बैंकहरुको नाफा क्रमशः एक अर्व १८ करोड ९५ लाख रुपैयाँ, एक १४ करोड ५ लाख रुपैयाँ र कुमारी बैंकको नाफा एक अर्ब १४ लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्म एनएमबी बैंकले ९० करोड ४१ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ८७ करोड ४१ लाख रुपैयाँ, एभरेष्ट बैंकले ८६ करोड २२ लाख ४१ लाख, स्ट्यान्डर्ड चाटर्ड बैंकले ८१ करोड १३ लाख, प्रभु बैंकले ७० करोड ५० लाख र नेपाल एसबिआई बैंकले ६२ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

त्यसैगरी, नेपाल बैंकको नाफा ६० करोड ४० लाख हुँदा सानिमा बैंकले ५४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएका छन् ।

हिमालयन बैंकले ५३ करोड २४ लाख, एनसीसी बैंकले ५१ करोड ६८ लाख, मेगा बैंकले ५० करोड ९१ लाख, लक्ष्मी बैंकले ५० करोड ३४ लाख सिटिजन्स बैंकले ५० करोड १२ लाख, सिद्धार्थ बैंकले ४९ करोड ८२ लाख, माछापुच्छ्रे बैंकले ४५ करोड ११ लाख, सिभिल बैंकले ४१ करोड ५०, सेञ्चुरी बैंकले ३१ करोड ८५ लाख र बैंक अफ काठमाडौंले २८ करोड ६ लाख रुपैयाँ नाफा कमाएका छन् ।

सबैभन्दा कम नाफा कमाउनेमा कृषि विकास बैंक र सनराइज बैंक रहेका छन् । यी दुवै बैंकको नाफा क्रमशः २२ करोड ९ लाख रुपैयाँ र १६ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

सबैभन्दा बढी नाफा वृद्धि गर्नेमा कुमारी बैंक रहेको छ । पहिलो त्रैमासमा कुमारीको नाफा ८५.०७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ६८.३९ प्रतिशतले वृद्धि हुँदा नेपाल एसबिआई बैंकको नाफा ६८.२३ प्रतिशतले बढेको छ ।

यता, सनराइज बैंकको नाफामा सबैभन्दा बढी गिरावट देखिएको छ । बैंकको नाफामा ६१.५० प्रतिशतले गिरावट आएको छ । कृषि विकास बैंकको नाफामा पनि ५४.४८ प्प्रतिशतको गिरावट आएको छ । मेगा बैंकको नाफा पनि ४४.३३ प्रतिशतले घटेको छ ।

समग्रमा १४ वटा वाणिज्य बैंकको नाफामा वृद्धि भएको छ भने १२ वटा बैंकको नाफामा गिरावट आएको छ ।

 

 

 

 

 

कमेन्ट गर्नुहोस्