सिभिल बैंकले कमायो ४१ करोड ५० लाख रुपैयाँ नाफा, अन्य सूचक कस्ता छन् ?

160
0
Share:

काठमाडौं । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यसअवधिसम्म आइपुग्दा बैंकको खुद नाफा ४२.२३ प्रतिशतले बढेर ४१ करोड ५० लाख रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा बैंकले २९ करोड १८ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यसअवधिसम्म सञ्चालन नाफा ३८ प्रतिशतले बढेर ५८ करोड ८४ लाख रुपैयाँमा पुगेको छ । गत वर्ष सो नाफा ४२ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी पनि ६२.२१ प्रतिशतले बढेर १ अर्ब १५ करोड २९ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा ८६ करोड ३ लाख रुपैयाँ रहेको छ ।

हाल चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४९ करोड रुपैयाँ जम्मा भएको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७८ पैसाले बढेर १८ रुपैयाँ २९ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५१ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९५ पैसा छ । सिभिल बैंक अहिले हिमालयन बैंकसँग गाभिने प्रकृयामा रहेको छ ।

कमेन्ट गर्नुहोस्