
काठमाडौं । कृषि विकास बैंकले तिहार बिदाको समयमा पनि विभिन्न शाखामार्फत सेवा दिने भएको छ ।
बैंकले एक सूचना निकाल्दै तिहार बिदामा समेत देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरु खुल्ला रहने जनाएको छ ।
बैंकले बिदाको समयमा पनि आफ्ना विभिन्न ३६ शाखाबाट सेवा प्रदान गर्ने भएको हो । ती कार्यालयहरु बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहनेछन् ।

कमेन्ट गर्नुहोस्








