अरुण काबेली पावरको लाभांश घोषणा, साधारणसभा पनि बोलायो

221
0
Share:

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले आर्थिक वर्ष २०७८–७९ लाभांश प्रस्ताव गरेको छ। कम्पनीको आज (आइतबार) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

जसमा १० प्रतिशतले बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले यही कात्तिक ३० गते आफ्नो १२औँ वार्षिक साधारणसभा पनि आह्वान गरेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले यही कात्तिक १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले,कात्तिक १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कमेन्ट गर्नुहोस्