नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ कम्पनीको आवेदन (सूचीसहित)

160
0
Share:

ब्रोकर तथा स्टक डिलरको लाईसेन्सको लागि ४६ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । ब्रोकर लाईसेन्सको लागि आवेदन दिने अन्तिम दिन असोज ३१ गते सम्ममा ४६ कम्पनीले बोर्डमा आवेदन दिएका हुन्।

नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट ४५ कम्पनीले सिफारिस लिएका थिए । तर बोर्डमा ४६ कम्पनीको आवेदन परेको हो । हाल ब्रोकर रहेको सनी सेक्युरिटिजले सेवा थप गरि पूर्ण कार्य गर्ने दलालको लागि आवेदन दिएकोले बोर्डमा परेको आवेदन एउटा बढी परेको हो ।

नयाँ ब्रोकर लाइसेन्सको लागि आवेदन दिने अधिकांश कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँको सीमामा रहेको नेप्सेले जनाएको छ ।

सेबोनको संशोधित विनियमावलीअनुसार तीन प्रकारका ब्रोकर लाइसेन्सको अनुमति दिने तयारी गरिएको छ। जसअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरिएको छ। पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ।

नेपाल धितोपत्र बोर्डले असोज २ गते ब्रोकर लाइसेन्सको लागि आवेदन खुलाउंदै योग्य तथा इच्छुक कम्पनीलाई ३० दिन भित्र आवेदन दिन आग्रह गरेको थियो ।

आवेदन दिने ४६ कम्पनीमध्ये डिलरसहितको ब्रोकर कम्पनीको लाइसेन्स माग्ने नबिल बैंक मात्रै रहेको छ । नबिल बैंकले १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी भएको सहायक कम्पनी नबिल सेक्युरिटिजको नाममा आवेदन मागेको हो ।

हेर्नुस् ब्रोकर लाइसेन्सको लागि आवेदन दिने ब्रोकर:

कमेन्ट गर्नुहोस्