आयल निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता २३ अर्ब नाघ्यो

183
0
Share:

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नुपर्ने बक्यौता रकम २३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । हाल निगम नाफामा रहेको छ । तर पनि आईओसीलाई तिर्नुपर्ने बक्याैता रकम भने घटाउन सकेको छैन ।

निगमले करिब ३ महिनाअघि सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण रकम जुटाएर आईओसीलाई भुक्तानी गरेको थियो ।

सरकार, राष्ट्रिय वाणिज्य बैंक र आईओसीलाई गरी निगमले हाल तिर्नुपर्ने रकम ३३ अर्ब ६० करोड पुगेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएपनि निगाले इन्धनको मूल्य भने घटाएको छैन । आईओसीलाई तिर्नुपर्ने वक्यौता रकम उच्च भएको भन्दै निगमले इन्धनको मूल्य आनाकानी गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्