माछापुच्छ्रे बैंकको भिसा डाइरेक्ट सेवामार्फत १८० देशबाट सजिलै रकम पठाउन सकिने

131
0
Share:

माछापुच्छ्रे बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ।

यस सेवामार्फत विदेशबाट यस बैंकको भिसा कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई बिना झन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ ।

यस सेवा मार्फत भिसा डायरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएम मार्फत १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै कुनाबाट नेपालमा रकम पठाउन सकिनेछन्।

उक्त सेवा मार्फत स्वदेश र विदेशबाट सरल, सहज, र सुरक्षित तरिकाले १६ अंकको भिसा कार्ड मार्फत सस्तो दरमा रियल टाइममा रेमिट्यान्स पाउन सकिने बैंकले जनाएको छ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको बैंकले हालै मात्र नेपाली कमर्सियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ।

बैंकले आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिंग सुविधाहरू जस्तै अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, सेफ डिपोजिट लकर सुविधा, बिल भुक्तान (टेलिफोन र मोबाइल), एटीएम, भिसा डेबिट कार्ड प्रदान गर्दै आएको छ साथै यस बैंकको शाखाहरु मार्फत ग्राहकहरूलाई ३६५ दिन बैंकिङ र संध्याकालीन काउन्टर सेवा प्रदान गर्दै आएको छ ।

बैंकले देशैभर १६५ शाखा कार्यालय, १६५ शाखा रहित बैंकिंग इकाईहरु, ९ एक्स्टेन्सन काउन्टरहरू र २०१ एटीएम मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्