सन्दीप लामिछानेलाई हतकडीबिनै अदालतमा पेश

146
0
Share:

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई प्रहरीले हतकडी बिनै अदालतमा पेश गरेको छ ।

बलात्कार आरोपमा पक्राउ परेका सन्दीपलाई यसअघि हतकडी लगाएको बिषयमा चर्को विरोध भएपछि प्रहरीले हतकडीबिनै अदालतमा पेश गरेको हो । म्याद थपपछि अदालतबाट बाहिरिने क्रममा सन्दीपको हातमा हतकडी थिएन ।

प्रहरीले अजोज २० गते विमास्थलबाटै पक्राउ गरेर हतकडी लगाएर लगेको थियो । यसअघि अनुसन्धानका लागि दिइएको ७ दिनको म्याद सकिएपछि आज पाँच दिन समय थप गरिएको छ ।

कमेन्ट गर्नुहोस्