दोहोरो अंकले घट्यो नेप्से परिसूचक

196
0
Share:

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज (मंगलबार) दोहोरो अंकले घटेको छ । आज नेप्से १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा बन्द भएको हो । आज नेप्सेमा ५२ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये ३ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी १० वटा समूहको सेयर मूल्य घटेको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ३३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

आज समिट लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले बढेर प्रतिकित्ता ९२९.५० रुपैयाँ पुगेको छ । अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५५२ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार विन्ध्यावासिनी हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज तीन करोड १० लाख भन्दा बढीको कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्