
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । लामिछानेले आइतबार दिउँसाे भरतपुरकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
लामिछानेको प्रस्तावक राष्ट्रिय स्वतन्त्र पार्टीको भरतपुर महानगरपालिका सभापति सिता ज्ञवाली र समर्थक भरतपुर महानगरपालिका – वडा नं ११ सभापति विक्रम श्रेष्ठ रहेका छन् ।
यसअघि रवि चितवन-३ बाट उठ्ने चर्चा थियाे । तर माओवादी केन्द्रका अध्यक्ष दाहाल चितवनबाट नभएर गाेरखाबाट उठ्ने र माओवादीले चितवन-३ मा गठबन्धनका उम्मेदवारका रूपमा डा. भाेजराज अधिकारीलाई उठाउने निर्णग गरेपछि रविले चितवन-२ राेजेका हुन् ।
कमेन्ट गर्नुहोस्








