
बीबीसी
लन्डन — फोर्ब्सको सूचीमा फ्रान्सेली सट्राइकर केलियेन एम्बापे सर्वाधिक कमाइ गर्ने फुटबलमा पहिलो नम्बरमा आएका छन् ।गएको ९ वर्षमा लियानेल मेसी र क्रिस्टियानो रोनाल्डोबाहेकका खेलाडी यो सूचीमा पहिलो पटक शीर्षस्थानमा आएका हुन् ।
स्रोतका गरेअनुसार पेरिस सेन्ट जर्मेन (पीएसजी) का २३ वर्षे फरवार्डले यो सिजनमा १२ करोड ८० लाख डलर कमाइ गर्नेछन् । मेसी दोस्रो र रोनाल्डो तेस्रो स्थानमा हुनेछन् । एमबाप्पेसँगै पीएसजीबाट खेलिरहेका अर्जेन्टिनी स्टार मेसीको कमाइ यो सिजन १२ करोड र म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड रोनाल्डोले १० करोड कमाउने आँकलन छ ।
यो सिजनमा सर्वाधिक कमाइ गर्ने शीर्ष पाँचको सूचीमा पीएसजीकै नेयमार र लिभरपुलका मोहम्मद सलाह रहेका छन । ब्राजिली स्ट्राइकर नेयमरले ७ करोड ८४ लाख र इजिप्टका सलाहले ५ करोड ३० लाख डलर कमाइ गर्ने देखिएको छ । रोनाल्डो र मेसीलाई उछिन्ने पछिल्लो खेलाडी इंग्ल्यान्डका कप्तान डेविड बेकह्याम थिए । बेकह्याम सन् २०१३ मा सर्वाधिक कमाइ गर्ने फुटबलरमा थिए ।
मे महिनामा पीएसजीसँग तीन वर्षको सम्झौता नवीकरण गर्दा एमबाप्पे मूल्यवान खेलाडी बनेका थिए । यसले त्यतिखेर उनको रियल म्याड्रिड जाने सम्भावना पनि सकिएको थियो । फ्रान्सका विश्वकप विजयी खेलाडी एमबाप्पे २०१७ मा मोनाकोबाट आएयता पीएसजीले ११ उपाधि जितिसकेको छ, त्यसमा चार लिग उपाधि छ ।
एर्लिङ हल्यान्ड यो सिजनमा सर्वाधिक कमाइ गर्ने सूचीमा छैटौं स्थानमा आएका छन् । बोरुसिया डर्टमन्डबाट यस सिजनमा म्यानचेस्टर सिटी आएयता हल्यान्डले १३ खेलमा २० गोल गरिसकेका छन् । प्रिमियर लिग खेल्ने चार खेलाडी शीर्ष १० मा अटाएका छन् । रोनाल्डो, सलाह र हल्यान्डसँगै म्यानचेस्टर सिटीका केभिन डी ब्रुयन प्रिमियर लिगमा खेल्ने खेलाडी हुन् । यो सूचीका हल्यान्ड र एमबाप्पेमात्र ३० वर्षमुनिका खेलाडी हुन् ।
बार्सिलोनाका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की (३ करोड ५० लाख) सातौं, रियल म्याड्रिडबाट खेल्ने बेल्जियमका इडेन हाजार्ड (३ करोड १० लाख) आठौं, जापानको भिसेल कोबेबाट खेलिरहेका स्पेनका एन्ड्रेज इनिस्टा (३ करोड) नवौं स्थानमा छन् ।









