सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

199
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/sanima-mai-hydropower-768×360.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/sanima-mai-hydropower.jpg 800w” sizes=”(max-width: 500px) 100vw, 500px” />

सानिमा माई हाइड्रोपावर लिमिटेडका लाभांश सुरक्षित गर्ने आज असोज ११ गते अन्तिम मौका रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि (बुधबार) एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आजसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीको ११ औँ वार्षिक साधारणसभा कात्तिक २ गते हुँदैछ। सभाले कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफामध्येबाट कम्पनीको वित्तीय विवरणमा उल्लेख गरिएबमोजिम चुक्तापुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

कमेन्ट गर्नुहोस्