हिमाल दोलखा हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने

194
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/himal-768×375.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/himal.jpg 941w” sizes=”(max-width: 500px) 100vw, 500px” />

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले १ बराबर शून्य दशमलव ७५ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

कम्पनीले उक्त हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई सेयर नियुक्त गरेको छ । हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त गर्दै हाइड्रोपावरको तर्फबाट अध्यक्ष रन्जना दाहाल र बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १ करोड २० लाख कित्ता बिक्री गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्ने छ ।

कमेन्ट गर्नुहोस्