गम्भीर षड्यन्त्रको सिकार भएँ, अहिले आइसोलेसनमा छु : सन्दीप

217
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/Sandeep_Lamichhane-1024×827.png 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/Sandeep_Lamichhane-768×620.png 768w, arthasanjal.com/wp-content/uploads/2022/09/Sandeep_Lamichhane.png 1158w” sizes=”(max-width: 372px) 100vw, 372px” />

नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफूविरुद्ध गम्भीर षड्यन्त्र भएको बताएका छन् ।आइतबार राति सामाजिक सञ्जालमार्फत आफूले राष्ट्रलाई ठूलो योगदान दिएको उल्लेख गर्दै उनले आफूमाथि गम्भीर षड्यन्त्र भएको बताएका छन् ।

“क्रिकेटप्रति सानैदेखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ । मेरा लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे । मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन मेरो पनि भूमिका रहेको छ चाहे त्यो खेलाडीको रूपमा होस् वा चाहे कप्तानको रूपमा । राष्ट्रका लागि दिलो ज्यानले खेलिरहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भीर षडयन्त्रको सिकार भएको महसुस भएको छ,” उनले भनेका छन् ।

उनले आफू अहिले मानसिक र शारीरिक तनावका कारण आइसोलेसनमा रहेको समेत बताएका छन् । “मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु,” उनले भनेका छन् ।

साथै आफू चाँडै नेपाल आउन लागेको उनले बताएका छन् ।

“झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरूको सरसल्लाहामा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्धको झुटा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु,” उनले लेखेका छन् ।

कमेन्ट गर्नुहोस्