मुलुकको चालु खाता १६ अर्ब २६ करोड घाटामा

200
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Nepal-Rastra-Bank-768×468.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Nepal-Rastra-Bank.jpg 1024w” sizes=”(max-width: 492px) 100vw, 492px” />

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा मुलुकको चालू खाता १६ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४७ अर्ब २९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७४ लाख रुपैयाँले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १२ करोड ७७ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.७ प्रतिशतले वृद्धि भई ८० करोड ३ लाख रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड रुपैयाँले ऋणात्मक रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६७ करोड ९७ लाख रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ करोड ६ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति २२ अर्ब ६३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँले घाटामा रहेको थियो ।

कमेन्ट गर्नुहोस्