साउन महिनामा रेमिट्यान्स २०.३ प्रतिशतले बढ्यो

224
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/remitance-768×384.png 768w, arthasanjal.com/wp-content/uploads/2022/09/remitance.png 800w” sizes=”(max-width: 500px) 100vw, 500px” />

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपाल भित्रने रेमिट्यान्समा २०.३ प्रतिशतले वृद्धि भई ९२ अर्ब २१ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १७.४ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो ।

कमेन्ट गर्नुहोस्