ऋण नतिरेको भन्दै चोलेन्द्रको छोरीका नाममा सहकारीकाे सूचना, घरजग्गा लिलाम गर्ने चेतावनी

223
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/laligurans-building-768×442.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/09/laligurans-building.webp 812w” sizes=”(max-width: 500px) 100vw, 500px” />

महाभियोगको सामना गरिरहेका निलम्बित प्रधानन्याधीस चोलेन्द्र शमशेर जबराकी छोरीका नाममा ऋण नतिरेको भन्दै २१ दिने सूचना जारी भएको छ । चोलेन्द्रकी छोरी सृष्टी राणा रावलले लालितपुरको लालिगुराँस बहुदेश्यीय सहकारी संस्थाबाट लिएको ऋण नतिरेको पाइएको हो ।

लिएको ऋणको साँवा तथा ब्याज भुक्तानी समेत नगरेको भन्दै सहकारीले २१ दिनभित्र ऋण चुक्ता गर्न अल्टिमेटम दिएको छ । शुक्रबार जारी सार्वजनिक सूचनामा सृष्टिको तीन पुस्ते विवरण छपाएर ऋण चुक्ता गर्न २१ दिने अल्टिमेटम दिइएको हो ।

यो ऋणको जमानीकर्ता भने पूर्व गभर्नर तिलक रावलका छोरा अर्थात सृष्टिका श्रीमान विनय रावल नै थिए । जमानीकर्ताको समेत तीन पुस्ते विवरण छपाएर सहकारीले ऋण तिर्न अल्टिमेटम दिएको हो । पूर्व गभर्नर रावल पनि भ्रष्टाचार अभियोगमा मुद्दा खेपेका व्यक्ति हुन् । यद्यपि, उनले सफाई पाइसकेका छन् ।

आफ्नै श्रीमानलाई जमानी राखेर सृष्टिले व्यापारिक कर्जा लिएकी थिइन् । तर लामो समयदेखि उनले शक्तिका आडमा संस्थाको साँवा तथा ब्याज नतिरेको खुलेको छ । २१ दिनभित्र कर्जा चुक्ता नगरेर घरजग्गा लिलाम गर्ने चेतावनी समेत सहकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्