आईपीओ जारी गर्न दुई हाइड्रोपावरले दिए बोर्डमा आवेदन

127
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/06/IPO-5-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/IPO-5-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/IPO-5-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/06/IPO-5.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />

आईपीओ जारी गर्न दुई हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले आईपीको निष्काशनका लापिग बोर्डमा आवेदन दिएका हुन् ।

सगरमाथा हाइड्रोपावर कम्पनीले ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता आइपीओ जाी गर्न बोर्डमा अनुमति मागेको हो ।  माइखोला हाइड्रोपावर १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार कित्ता साधारण शोयर निष्काशनका लागि अनुमति माग गरेको हो । सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

माइखोला हाइड्रोपावरले पनि इलाममा ३ मेगावाटको सुपरमाई क्यासकेड आयोजना निर्माण गरिरहेको छ भने सगरमाथाले इलाम जिल्लामा रहेको माई नदीको पानी प्रयोग गर्न सुपरमाई ‘ए’ हाइड्रोपावर आयोजना निर्माण गर्दैछ। आयोजनाको क्षमता ९.९ मेगावाट हो। सेबोनबाट स्वीकृती पाएपछि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

कमेन्ट गर्नुहोस्