चरित्र हत्या गर्ने मिडियाबिरुद्द साइबर ब्युरो र प्रेस काउन्सिल जान्छु : सुजन आचार्य

Share:
arthasanjal.com/wp-content/uploads/2022/09/sujan-768×489.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/09/sujan.webp 960w” sizes=”(max-width: 471px) 100vw, 471px” />

युवा व्यववसायी यवं संचारकर्मी सुजन आचार्यले आफूमाथि लागेको हिरा लुटपाटको आरोप पुष्टि गरेर देखाउन चुनौती दिएका छन् ।
मंगलबार बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि लागेको आरोप निराधार रहेको भन्दै उक्त आधारहीन समाचारको खण्डन गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुवर होटल याक एण्ड यति पुगेर हिरा लुटपाट प्रकरणमा मुछिएका व्यक्तिको जन्म दिनमा सहभागी भएकाे भन्दै समाचार सम्प्रेषण भएपछि आचार्यले हिरा लुटेको प्रमाणित गर्न चुनौती दिएका हुन् ।

आचार्यले गत पौष २५ गते सम्मानित जिल्ला आदलत हेटौडाबाट सफाई पाईसकेको बिषयलाई केहि संचारमाध्यमले अतिरन्जित गर्दै आफ्नो चरित्र हत्या गरेकोमा कानुनी उपचारका निम्ति प्रेस काउन्सिल र साइबर ब्यूरो जाने बताएका छन् । मिडियाले आफै न्यायलय बनेर आफ्नो स्वतन्त्रपुर्वक बाच्न पाउने अधिकारको समेत हनन गरेकोमा दुख ब्यक्त गरे। उनले आफूमाथिको आरोप झुटो सावित भइसकेको र अदालतबाट सफाइ पाइसकेको अवस्थामा समेत यसरी कपोल्कल्पित आरोप लाग्दा दुःख लागेको बताए ।

आचार्यले भने,’ बिहान उठ्न साथै आफूलाई दोषी करार गरेर लेखिएको समाचार पढ्दा आश्चर्यचकित बने, म त एक सामान्य नागरिक हु मीडिया किन यसरी मेरो पछाडी हात धोएर लागेका हुन् मलाई नै थाह छैन। ‘ साथै आफू टिभी टुडेका सञ्चालक आफू नभइ जनकराज पन्त रहेका पनि उनले स्पष्ट पारे ।

मन्त्री तपाइँको जन्मदिनमा आउनुपर्ने कारण के भन्ने संचारकर्मीको प्रश्नमा उनले भने, ‘ उहा मेरो जन्मदिन भनेर आउनुभएको हैन एभरेष्ट स्प्रिङ वाटरको उद्घाटनका लागि आउनु भएको हो संयोगले त्यो दिन मेरो जन्मदिन पर्यो यसमा मन्त्री कुँवरको पनि कुनै दोष छैन।’ युवा व्यववसायीलाई प्रोत्साहन गर्न आएका मन्त्रीमाथि यसरी अनावश्यक टिक्काटिप्पणी नगर्न उनले आग्रह समेत गरे ।

यता, मन्त्री कुँवरले पनि याक एण्ड यतिमा ओयोजित बर्थडे कार्यक्रमबारे आफूलाई पूर्वजानकारी नभएको भन्दै प्रष्टीकरण दिएका छन् । प्रेस संयोजक रमा खड्काले एक विज्ञप्ति जारी गर्दै मन्त्री कुँवरका विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै ती समाचारमा सत्यता नभएको उल्लेख गरेकी छन् ।

‘एक व्यक्तिसँग अनुचित ढंगले नाम जोडेर भइरहेको दुष्प्रचार प्रति माननीय मन्त्रीज्यूको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ । एभरेष्ट स्प्रिङ वाटर कम्पनीको निमन्त्रणमा भदौ १९ गते याक एण्ड यतिमा एभरेष्ट स्प्रिङ वाटरको उद्घाटनका लागि मन्त्री कुँवर त्यहाँ पुगेको खड्काले बताएकी छन् ।

संयोगले त्यही दिन कम्पनीका सञ्चालक सुजन आचार्यको जन्मदिन परेको र यसबारेमा मन्त्री कुँवरलाई पूर्वसूचना नभएको विज्ञप्तिमा छ । मन्त्री कुँवरले आचार्यको बर्थडे पार्टीमा प्रमुख अतिथिको रुपमा भाषण गरेको भन्द्रै सञ्चारमाध्यममा समाचार आएपछि आचार्यले प्रकाशित समाचारमा कुनै सत्यता नभएको र उक्त आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् । उनले आफ्नो सम्पूर्ण सम्पति छानबिन गर्न र आफु दोषी ठहर भएमा जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए ।

आचार्यले सम्मानित जिल्ला आदलतको निर्णयको सम्मान गर्दै भनेका छन् , ‘ म हिजो पनि गलत थिईन त्यसैले त यसरी निर्धक्क बोलिरहेको छु।’

कमेन्ट गर्नुहोस्