२४ घण्टामा २६९ संक्रमित थपिँदा एक जनाको मृत्यु

182
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana-1024×641.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana-768×481.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana.jpg 1150w” sizes=”(max-width: 479px) 100vw, 479px” />

२४ घण्टामा नेपालमा २६९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १८० र एन्टीजेन परिक्षण गर्दा ८९ गरी जम्मा २६९ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा २१५ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार दुई जनाको मृत्यु भइसकेको छ ।

२४ घण्टामा ३ हजार ५५७ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या शुन्य रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ३ हजार १५८ जना रहेका छन् ।

कमेन्ट गर्नुहोस्