दोल्ती पावर आईपीओ खुलाउने तयारीमा

187
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/ipo-1-768×456.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/ipo-1.jpg 880w” sizes=”(max-width: 500px) 100vw, 500px” />
दोल्ती पावर कम्पनीले साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आईपीओ बिक्री खुलाउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने तयारी गरेको हो ।
स्थानीय र सर्वसाधारणका लागि कुल १६ लाख ९ हजार ४५८ कित्ता सेयर बिक्री खुलाउने स्वीकृति माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको आईपीओ बिक्री खुलाउन अनुमति मागेको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक तथा निष्कासकमा एनआईसी एसिया क्यापिटल रहेको छ । बोर्डले आईपीओ बिक्री गर्न अनुमति दिएलगत्तै पावरले बिक्री खुलाउनेछ ।

कमेन्ट गर्नुहोस्