घुस लिएको अभियोगमा मलेसियाका पूर्वप्रधानमन्त्री रजाककी पत्नी दोषी ठहर

209
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/malysia.jpg-1-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/malysia.jpg-1.jpg 976w” sizes=”(max-width: 500px) 100vw, 500px” />
घुस लिएको अभियोगमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी श्रीमती दोषी ठहर भएकी छन् । आर्थिक अनियमितताको आरोपमा बिहीबार उच्च न्यायालयका न्यायाधीशले ती अभियोगमा पूर्व प्रथम महिला रोजमाह मन्सुरलाई दोषी ठहर गरेको हो ।

 मन्सुरलेसारावाकमा रहेको सौर्य ऊर्जा परियोजनासँग जोडिएको कुल १९४ मिलियन रिङिगट दुरुपयोग गरेको भन्दै अदालतले उनलाई दोषी ठहर गरेको हो । यसअघि उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएकी थिइन् ।

उनका पति नजिबले भ्रष्टाचार आरोपमा १२ वर्षको जेल सजाय भोग्न थालेको केही दिनपछि यो फैसला आएको हो । अभियोगमा २० वर्ष जेल सजाय र घुस रकमको पाँच गुणासम्म जरिवाना हुन्छ ।

७० वर्षीय मन्सुर विलासिताका सामान र गहनाप्रतिको आशक्तिका लागि परिचित छन् । सन् २०१८ मा प्रहरीले छापा मार्दा १ दशमलब ६ मिलियन डलर बराबरको सुन, हिराको हार, ताज र व्याग फेला पारेको थियो ।

कमेन्ट गर्नुहोस्