आज सेयर बजारमा सामान्य अंकले वृद्धि

160
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/Share-1-768×407.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/Share-1.jpg 850w” sizes=”(max-width: 500px) 100vw, 500px” />

आज  सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक २.१९ अंकले बढेर एक हजार ९ सय ९५ दशमलब २१ विन्दुमा बन्द भएको छ ।

यता, आज सेन्सेटिभ परिसूचक पनि १.१४ अंकले बढेर ३ सय ८८ दशमलब ९३ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १९ करोड ५लाख १६ हजार ६ सय ९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये ७ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ६ वटा समूहको सेयर मूल्य घटेको छ ।

आज ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०५ कम्पनीको सेयर मूल्य घटेको छ ।

कमेन्ट गर्नुहोस्