नेप्सेमा सानिमा बैंकको ऋणपत्र सूचीकृत

169
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Sanima-Bank-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Sanima-Bank.jpg 800w” sizes=”(max-width: 500px) 100vw, 500px” />

लगानीकर्ताहरुले शुक्रबारको सेयर कारोबार तत्काल बन्द गर्न माग गरेका छन् ।  आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुगेका सेयर लगानीकर्ता एकता समितिमा आबद्ध लगानीकर्ताहरुले नेप्से सीईओ कृष्णबहादुर कार्कीलाई नयाँ ब्रोकर लाइन्स वितरण रोक्न षड्यन्त्र भइरहेको भन्दै ज्ञापनपत्र बुझाउने क्रममा शुक्रबारको कारोबार पनि रोक्न माग गरेका हुन्।

नेप्से सीईओ कार्कीसमक्ष लगानीकर्ताहरुले हप्तामा ५ दिनमात्रै सेयर कारोबार हुने गरेको अन्तर्राष्ट्रिय अभ्यास र यसअघि नेपालमा हप्तामा ५ दिनमात्रै सेयर कारोबार हुने गरेकोले शुक्रबारको कारोबार बन्द गर्न माग गरेका छन्। उनीहरुले शुक्रबारको कारोबारमा बजार घटाउने चलखेल पनि भइरहेको शुक्रबारको कारोबार बन्द गर्न उनीहरुको आग्रह छ।

लगानीकर्तासँगको भेटमा नेप्से सीईओ कार्कीले शुक्रबारको कारोबार रोक्ने विषयमा नेप्सेको बोर्ड बैठकमा यसअघि पनि छलफल भएको बताए। अबको बोर्ड बैठकमा यस विषयमा निर्णय लिइने उनले जानकारी गराए।

कमेन्ट गर्नुहोस्