दसैँका लागि नयाँ नोट भदौ २६ गते देखि साट्न पाइने

260
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/naya-not-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/naya-not-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/naya-not-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/naya-not.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />

चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले २६ भदौदेखि नयाँ नोट सटही गर्ने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही गर्ने तयारी गरिएको हो ।

सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सक्ने व्यवस्था गरिने विभागका प्रमुख रेवतीप्रसाद नेपालले बताउनुभयो ।

२० भदौपछि मात्रै कहाँ कहाँबाट नयाँ नोट साट्न सकिने भनेर सूचना प्रकाशित गर्ने राष्ट्र बैंकको तयारी रहेको छ । काठमाडौं उपत्यका बाहिर पनि बैंक तथा वित्तीय संस्थामार्फत नै आवस्यकता अनुसार राष्ट्र बैंकको प्रदेश स्थिति कार्यालयबाट पनि नयाँ नोट साट्न सकिनेछ । राष्ट्र बैंकले प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउनेछ ।

कमेन्ट गर्नुहोस्