
यो टेलिस्कोप युरोपेली स्पेस एजेन्सी (ईएसए) र क्यानेडेली अन्तरिक्ष निकाय (सीएसए)को सहकार्यमा नेसनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले निर्माण गरेको हो ।
यो बहुमूल्य प्रविधिबाट बनेको छ । अन्तरिक्षमा यसअघि पहुँच नभएका घटनाक्रम र वस्तुस्थिति निरीक्षण गर्न अन्तरिक्ष टेलिस्कोपमा ठूलो ऐना राखिएको छ । परियोजनाको दीर्घायुलाई लिएर चिन्ता उठाइएको छ । किनकी सन् २०२२ को मेमा क्षुद्रग्रह ठोकिँदा पहिले अनुमान गरेभन्दा टेलिस्कोपलाइ ठूलो क्षति भएको थियो ।
स्थापनापछि वेब टेलिस्कोपमा ६वटा माइक्रोमेटियोराइटहरूले प्रहार गरिसकेका छन् । त्यस्तै, पाँचवटा उल्कापिण्डले टेलिस्कोपमा नगण्य मात्रामा क्षति पुर्याएको र छैटौंले जेडब्लूएसटीलाई केही क्षति पु¥याएको छ । उल्कापिण्डले कुनै एउटा प्यानलमा क्षति पुगेकोले यसले वेब टेलिस्कोपको तस्बीर लिने क्षमतालाई असर नगर्ने बताइन्छ ।

arthasanjal.com/wp-content/uploads/2022/08/aisteraaid-1_medium.jpg 600w” sizes=”(max-width: 450px) 100vw, 450px” />






