विद्युत नियमन आयोगबाट अरुण काबेली पावरलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नुमति

208
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/Arun-Kabeli-Arthasansar1660025685-1024×538.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/Arun-Kabeli-Arthasansar1660025685-768×403.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/Arun-Kabeli-Arthasansar1660025685.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

विद्युत नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने नुमति दिएको छ।

आयोगले कम्पनीको ११ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ बाट पारित १७ प्रतिशत बोनस सेयरपछि कायम हुन आउने चुक्तापुँजीको सतप्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति दिएको हो।

बोनस सेयर वितरणपछि अरुण काबेलीको चुक्तापुँजी १ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको छ। संस्थापकमध्ये पनि अरुण भ्याली हाइड्रोपावरको २४ प्रतिशत र अपी पावरको ३ प्रतिशत हिस्सात छ।

कम्पनीले २५ मेगावाट क्षमताको काबेली बी–१ हाइड्रोपावर आयोजना सञ्चानल गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्