इमर्जिङ नेपालको ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप’ सम्पन्न

298
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/hy-768×511.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/hy.jpg 823w” sizes=”(max-width: 451px) 100vw, 451px” />

इमर्जिङ नेपालले एकदिने ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप’ सम्पन्न गरेको छ। कम्पनीले आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा काठमाण्डौको आकामा होटेलमा बिहीबार एकदिने प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप आयोजना गरेको हो।

कार्यक्रमको अध्यक्षता इमर्जिङ नेपालका सञ्चालक समितिका अध्यक्ष लालमनी जोशीले गरेको थिए भने प्रमुख अथितिमा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी रहेका थिए।

उक्त संस्थाले केयर रेटिङ नेपाल, होटेल एलिस, बिफिन, निफ्रा, खिम्ती–२ हाइड्रोपावरलगायत विभिन्न पूर्वाधार विकासमा लगानी गरेको छ।

कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेल्वासेले इमर्जिङ नेपालले पूर्वाधार विकास र लगानी व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको बताए। उनले आगामी दिनमा विभिन्न विकासका पूर्वाधारहरुमा लगानी गर्दै जाने, लगानी व्यवस्थापनका सम्बन्धमा तालिम प्रदानलाई निरन्तता दिने, व्यवसायीलाई कन्सल्टिङ सर्भिस गर्ने कम्पनीको योजना रहेको जानकारी दिए।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था, क्यापिटल मार्केट र प्राइभेट फर्महरुलगायतको सहभागिता थियो।

कमेन्ट गर्नुहोस्