
पछिल्लो २४ घण्टामा देशभर थप ७८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जना गरी कुल ७८१ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ । जसमध्ये ५ हजार ५६५ जना होम आइसोलेसनमा रहेका छन् भने २१० जना संस्थागत आइसोलेसन र ६३ जना आईसीयूमा छन् । यस्तै ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार २२६ पुगेको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana-1024×641.jpg 1024w, 






