अबिलम्ब नागरिकता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिलाई आग्रह

271
0
Share:

 नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले नागरिकता विधेयक अबिलम्ब प्रमाणिकरण गर्न राष्ट्रपतिलाई आग्रह गरेको छ । बिहीवार पार्टीको प्रदेश कार्यालय धनुषामा बसेको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक अबिलम्ब प्रमाणिकरण गर्न आग्रह गरेको हो ।

राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक करिब दुई सातादेखि ‘विचाराधीन’ अवस्थामा राखेकी छन् । राष्ट्रपतिलाई विधेयक मुलुकको हितप्रतिकुल छ भन्ने लागेमा प्रमाणिकरण नगरी फिर्ता पठाउने सुविधान पनि संविधान दिएको छ । तर प्रमाणिकरण गर्ने वा नगर्ने भन्नेबारे १५ दिनभित्रमा निर्णय गरिसक्नुपने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिसमक्ष विधेयक पुगेको शुक्रवार १४ दिन पुगिसकेको छ ।

कमेन्ट गर्नुहोस्