चीनको प्रतिबद्धता: सैन्य कारबाही गरेर ताइवान कब्जा गर्ने

244
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/chinese-military-practice-in-taiwan-sea-area-1-1024×644.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/chinese-military-practice-in-taiwan-sea-area-1-768×483.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/chinese-military-practice-in-taiwan-sea-area-1.webp 1039w” sizes=”(max-width: 477px) 100vw, 477px” />

‘जनवादी गणतन्त्र चीनलाई ताइवान गाभ्ने आफ्नो योजना त्याग्ने कुनै मनसाय छैन ।’ यो अभिव्यक्ति चिनियाँ मन्त्रिपरिषद्को भएको ताइवान मामिला कार्यालयको विज्ञप्तिमा उल्लेख गरिएको बुल्गेरियन मिलिटरी डटकमले जनाएको छ । “बेइजिङले पूर्ण इमानदारीका साथ काम गर्नेछ र शान्तिपूर्ण पुनर्मिलनका लागि अधिकतम प्रयास गर्नेछ । तर, हामी बल प्रयोग गर्न छाड्ने छैनौं र कुनै पनि आवश्यक कदम चाल्ने विकल्प सुरक्षित राख्नेछौं,” विज्ञप्तिमा उल्लेख छ ।

चीनले हालैका दिनहरूमा नौसैनिक अभ्यास गरेको थियो । बेइजिङले यी अभ्यासहरूको दिन बढाएको छ । तर, तिनीहरू कहिलेसम्म जारी रहनेछन् भन्ने स्पष्ट खुलाएको छैन । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले चीनलाई यी अभ्यासहरू गर्न उत्तेजित पारेको थियो ।

अभ्यासले यस क्षेत्रमा ताइवान ‘स्ट्रेट’, उड्डयन र ढुवानीमा अवरुद्ध गरेको छ । चीनले ताइवानको दिशातर्फ सयौं मिसाइल प्रहार गरेको थियो । चीनले बारम्बार ताइवानको जल तथा हवाई क्षेत्रमाथि आक्रमण गर्यो । यसैबीच, बेइजिङले समुद्री सुरक्षादेखि जलवायु परिवर्तनसम्मका विषयमा अमेरिकासँगको वार्ता स्थगित गर्यो ।

यता, चीनको अभ्याससँगै ताइवानले चीनलाई जवाफ दिने निर्णय गर्यो । जनसअनुरुप मंगलबार र बिहीबार आफ्नै अभ्यास गर्न थाल्यो । विश्लेषकहरू भन्छन्, “ताइवानलाई लिएर चीनको रणनीति स्पष्ट छ स् ताइवान स्ट्रेट नाकाबन्दी र पूर्वी तथा दक्षिण चीन सागर नियन्त्रणमा लिने ।” यी प्रमुख सैन्य कार्यहरू हुन् जसले अमेरिकालाई चीनले ताइवानमाथि हमला गरे सहयोग गर्नबाट रोक्नेछ । सैन्य कारबाहीविना पनि बेइजिङले ‘न्यू नर्मल’ स्थापना गर्न सक्छ । यस्तै, ताइवान वरपरको उड्डयन क्षेत्रमा मात्र होइन, ताइवानका बन्दरगाहहरूमा पनि यसले नियन्त्रण हासिल गर्नेछ ।

हाल, वासिंगटनबाट जारी भएका अभिव्यक्तिहरू विरोधाभाषपूर्ण छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले आक्रमण गरे अमेरिकाले ताइवानलाई सहयोग गर्ने बताए । तर, राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अधिकारीहरू र सल्लाहकारहरूले त्यस्ता अभिव्यक्तिहरूबाट आफूलाई टाढै राख्दै आएका छन् । आधिकारिक रूपमा अमेरिका र ताइवानबीच हालसम्म कुनै कूटनीतिक सम्बन्ध छैन ।

यसबीच, ताइवानको हवाई प्रतिरक्षा मंगलबारसम्म आधिकारिक रूपमा उच्च सतर्कतामा रह्यो । तर, प्रतिकार गरेको छैन ।

यता चीन—ताइवान तनाबबीच अन्तर्राष्ट्रिय व्यापार पनि खतरामा छ । चीनद्वारा ताइवान ‘स्ट्रेट’मा नाकाबन्दी गर्दा अन्तर्राष्ट्रिय आपूर्तिमा गम्भीर क्षति पुग्न सक्छ । विशेषगरी यो समयमा कि युक्रेनमा युद्ध कसरी विकास हुनेछ भन्ने कसैलाई थाहा छैन ।

कमेन्ट गर्नुहोस्