सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदीको स्थिर

184
0
Share:
arthasanjal.com/wp-content/uploads/2021/12/gold-silver.jpg-4-1024×683.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2021/12/gold-silver.jpg-4-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2021/12/gold-silver.jpg-4.jpg 1200w” sizes=”(max-width: 450px) 100vw, 450px” />

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ८०० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको थियो।  दिन प्रतितोला सुनको मूल्य ९६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार १०० रुपैयाँ किनबेच भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाका १ हजार २२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो।

कमेन्ट गर्नुहोस्