७४ लाख नगद र ९ वटा चेकसहित हुण्डी कारोबारी पक्राउ

173
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/05/pakrau-768×498.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/05/pakrau.jpg 1000w” sizes=”(max-width: 463px) 100vw, 463px” />

७४ लाख रुपैयाँ नगद र विभिन्न वित्तीय संस्थाका नाममा काटिएका २६ लाख ३२ हजार ७५० रुपैयाँ बराबरको ९ वटा चेकसहित हुण्डी कारोबारी पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा भारत राजस्थान शिखर जिल्ला देवथला घर भई काठमाडौं बबरमहल बस्ने ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ४ घर भई जोरपाटी बस्ने २० वर्षीय रामहरि दुलाल र रौतहट चन्द्रपुर नगरपालिका ४ घर भई चाबहिल बस्ने २४ वर्षीय सुदीप आचार्य छन् ।

काठमाडौं महानगर १८ नरदेवी क्षेत्रमा गैरकानुनी रूपमा हुन्डीको कारोबार भइरहेको सूचनाका आधारमा सोमबार साँझ नगद र चेकसहित उनीहरूलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले स्रोत नखुलेको ५ सय र १ हजार रुपैयाँ दरका ७४ हजार रुपैयाँ र विभिन्न वित्तीय संस्थाका २६ लाख ३२ हजार ८५० रुपैयाँ बराबरको ९ वटा चेक बरामद गरेको उनले बताए । थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले उनीहरूलाई राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्