एकताको प्रतिक बन्दै शोकको पर्व मोहर्रम 

182
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/66-2-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/66-2-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/66-2-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/66-2.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />
ईस्लाम धर्मावलम्बीहरूले शाेककाे पर्वकाे रुपमा मनाउने माेहर्रम पर्वले पछिल्लाे समय हिन्दु र मुस्लिम समुदायबीच एकता अझै प्रगाढ बनाएकाे छ ।  हिजाे मंगलबार मोहर्रम १० तारिखमा ताजिया बिजर्सन गरी पर्वको विधिवत समापन भएको छ । ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाति हजरत हुसैनको शाहादत (शोक)मा यो पर्व मनाइने गरिन्छ ।

हुसैन इराकको राजधानी बगदाद भन्दाको करबला भन्ने ठाँउमा  यजिदी फौजसँगको धर्मयुद्धमा सहिद भएका थिए । यो पर्वले हिन्दु तथा मुस्लिम धर्मावलम्बीहरूको एकताको पर्वको रुपमा पनि परिचय बनाउदै गएको छ । सद्भावको प्रतिकको रुपमा रहेको यो पर्वमा वर्षेनी श्रद्धालु बढ्दै गएका छन् । हिन्दु र मुस्लिम दुवै समुदाय उत्तिकै आस्था राखी हिन्दु धर्मालम्बीहरू पनि मुस्लिम जस्तै तजिया बनाई विधिवत रुपमा पूजाअर्चना गर्न थालेका छन् ।

ईस्लामिक धर्मको नयाँ वर्षका दिन सुरु हुने मोहर्रमका १० दिनसम्म फरकफरक तरीकाले मनाइन्छ । मोहर्रमको १० तारिखलाई महान दिन असुरा पनि भनिन्छ । मोहर्रम १० तारिखकै दिन धेरै नबीहरूमाथि अल्लाहको इनायत भयो र पापीहरूलाई सजाय गरिएको थियो । जसमा हजरत हुसैनले पनि सहादत पाएकाे विश्वास छ । हुसैनले इस्लाम र मानवताको रक्षा गर्न आफ्नो परिवार र साथीहरूको लागि बलिदानी दिएका थिए  ।

त्यसैले यो शोक दिनको सम्झनामा मस्जिदमा कुरान पाठ गरिनुका साथै बेलुकी खिचडा (खाने पक्वान्न) बनाएर बाँडिन्छ । घरमा बनाइएका ताजियाहरू नजिकको कर्बला(रण)मा पुगेर विभिन्न परम्परागत खेल तमासा तथा ताजियालाई बिभिन्न सामग्री अर्पण गरि यो पर्व मनाईन्छ । भाकल गर्नेहरुले आफ्नै लागतमा ठूलो ताजिया बनाउने पनि गर्दछन विशेषगरी मोहर्रम पर्व मुस्लिम समुदायले मनाउने भए पनि भाकल पूरा भएको भन्दै केही हिन्दु धर्मावलम्बीले पनि ताजिया राख्ने गर्छन् ।

सन् ६८० अक्टोबर १० तारिखका दिन इराकको राजधानी बगदादभन्दा सय किलोमिटर टाढा उत्तर पूर्वको करबलामा यजिदी फौजसँगको धर्मयुद्धमा सहादत प्राप्त गरेका हुसैनको सम्झनामा ताजिया बनाई मोहर्रम पर्व मनाउने परम्परा शुरु भएको हो । हसन तथा हुसेनको प्रतिक स्वरुप बासको ढाँचामा बिभिन्न रङगिचङगी कागज बेरी तजिया बनाईने गरिन्छ । तजिया भनेको युद्धको बेला प्रयोग गरिएको एक प्रकारको हतियार । ताजियाहरुलाई सोमबार साँझ अर्थात ९ मोहर्रम नवमीका दिन पुजा गरि मंगलबार दशौँ दिन बिर्सजन गरि समापन हुन्छ  ।

 

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar
कमेन्ट गर्नुहोस्