
भारतबाट पेट्रोल तथा डिजेलको मूल्य पुनः घटेर आएको छ । इन्डियन ओइल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको हो ।
अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आए पनि आयल निगमले मूल्य घटाएको थिएन । मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतले इन्धनको मूल्य घटाएर पठाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यको आधारमा भारतले इन्धनको मूल्य निर्धारण गर्ने गरेको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/03/petrol-768×439.jpg 768w, 






