निजी विमानस्थल बनाउँदै मस्क

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/mask-1024×680.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/mask-768×510.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/mask-1536×1020.webp 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/mask.webp 1600w” sizes=”(max-width: 452px) 100vw, 452px” />

टेस्लाका प्रमुख तथा विश्वकै धनाढ्य एलोन मस्कले टेक्सासमा निजी विमानस्थल निर्माण गर्ने योजना बनाएका छन् । मस्कले टेक्सासस्थित अस्टिनको पूर्वमा बास्ट्रोप नजिकै विमानस्थल बनाउने भएका हुन् । स्पेसएक्स, टेस्ला र द बोरिङ कम्पनीलगायत मस्कका कम्पनीहरू पहिले नै टेक्सासमा स्थापना भएका छन् ।

तर, मस्कको निजी विमानस्थल बनाउने योजनाको आधिकारिक पुष्टि भएको छैन । यस कदमलाई विमानस्थल योजना कार्यमा राख्नुअघि एफएए  र वातावरणीय क्लियरेन्सको स्वीकृति आवश्यक हुनेछ । बोरिङ कम्पनीले आफ्नो मुख्यालय पनि टेक्सासमा सारेको थियो ।

कमेन्ट गर्नुहोस्