
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड भएको छ । सहकारीले रकम हिनामिना गरेको विषयमा मेयर साम्पाङसँग छलफल गर्न पुगेको टोलीले आइतबार कार्यकक्षनै ताडफोड गरेको हो । तोडफोडबारे जानकारी गराउँदै मेयर साम्पाङले दोषीमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् ।
धरानको बराह सहकारी बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको भन्दै आन्दोलित निक्षेपकर्ताहरुको टोली मेयर साम्पाङसँग छलफलका लागि पुगेको थियो ।
घटनाको भिडियो सामाजिक सञ्जालमा राख्दै मेयर साम्पाङले आफू पीडितको पक्षमा उभिँदा र छानबिन प्रकृया अघि बढाउन खोज्दा कार्यकक्षमा तोडफोड भएको जनाएका छन् । ‘म पीडितको पक्षमा उभिँदा, छानबिन प्रकृया अघि बढाउन चाहँदा सबै प्रकृया विथोल्ने गरी मेरो कार्यालय तोडफोड गर्ने यिनीहरुलाई के भन्नु हुन्छ ! अब यसरी पिडितले न्याय पाउँलान् त ?’ साम्पाङले लेखेका छन् ।

arthasanjal.com/wp-content/uploads/2022/08/harka-sampang-1-1024×538.webp 1024w, 





