तालिबानले गर्‍याे युट्युबरको रामधुलाई

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/taliban-1-768×403.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/taliban-1.jpg 800w” sizes=”(max-width: 500px) 100vw, 500px” />

अफगानिस्तानमा तालिबान शासनले मानवताको खिल्ली उडाइरहेको छ । अजमल हकीकी र उनका तीन सहकर्मीलाई तालिबानले गिरफ्तारपछि क्रुर यातना दिएका छन् । अजमललाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

तालिबानले रमाइलोका लागि कुटपिट र यातना दिएको भिडियो खिचेर आफूहरूको ह्वाट्सएप ग्रुपमा राखेको प्राप्त विवरणहरूमा जनाइएको छ । अजमल र उनका सहकर्मीहरूलाई इस निन्दाको आरोपमा पक्राउ गरिएको तालिवानको गुप्तचर महानिर्देशनालयले जनाएको छ ।

एउटा विवादास्पद भिडियोमा अजमलका सहयोगीमध्ये एक जना कुरानको केही वाक्यांश हास्यास्पद तरिकामा पढेका छन् । उक्त भिडियो रमाइलाको लागि बनाइएको प्राप्त विवरणमा जनाइएको छ ।

तर, तालिबानले यसलाई अपराध मान्दै अजमलले ‘इस्लामिक पवित्र मूल्यहरूको अपमान’ गरेको आरोप लगाएको छ । सोही आरोपमा माफी मागेको भिडियो पोस्ट गरे तापनि  चारै जनालाई थुनामा राखिएको छ ।

कमेन्ट गर्नुहोस्