वैदेशिक रोजगारीमा जान जेठमा लिए ६२ हजारभन्दा बढीले श्रम स्वीकृति

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/baideshik-rojgar-bidesh_20181223001840-768×426.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/baideshik-rojgar-bidesh_20181223001840.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />
गएको जेठ महिनामा वैदेशिक रोजगारीमा जान ६२ हजार ३४९ जनाले श्रम स्वीकृति लिएका छन् ।  २०७९ जेठ १ देखि ३१ गतेसम्मको अवधिमा उनीहरुलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गरेको हो ।

श्रम स्वीकृति लिनेमा ५६ हजार ५७७ जना पुरुष र ५ हजार ७७२ जना महिला रहेका छन् । विभागका अनुसार ८३ देशमा काम गर्न जानको लागि उनीहरुलाई श्रम स्वीकृति प्रदान गरिएको छ ।

जेठ महिनामा कतार जानको लागि सबैभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । विभागको तथ्याङ्कअनुसार पछिल्लो महिना कतार जान १५ हजार ५६ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै, साउदी अरेबिया जान १२ हजार ७०१, युनाइटेड अरब इमिरेट्स (युएई) जान ११ हजार १६७, मलेसिया जान ९ हजार ६४९, कुवेत जान ५ हजार ७३५, बेलायत जान १ हजार १६६, रोमानिया जान १ हजार ५७८, जापान जान १ हजार ७४ र बहराइन जान ९९२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्