थाहा नगरको बजेट १ अर्ब ८ करोड ८४ लाख, कृषि र पर्यटनमा जोड

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/thaha-nagar-768×483.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/thaha-nagar.jpg 1024w” sizes=”(max-width: 477px) 100vw, 477px” />

मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा पर्यटन र कृषिलाई जोड दिएको छ ।

थाहाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । शुक्रबारको नगरसभा तथा ११ औं अधिवेशनमा उपमेयर भरत गोपालीले कुल बजेटमध्ये ९ करोड ९७ लाख ५४ हजार रुपैयाँ चालुतर्फ, ५१ करोड ७२ लाख १३ हजार पुँजीगततर्फ, सशर्ततर्फ ३२ करोड १४ लाख ४० हजार रुपैयाँ र सामाजिक सुरक्षातर्फ १५ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

थाहाले खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक कर तथा राजश्वबाट १९ करोड ७१ लख ५ हजार, राजश्वबाट बाँडफाँटबाट १९ करोड ६८ लाख ८० हजार रुपैयाँ, संघीय सरकारबाट प्राप्त १९ करोड १६ लाख, प्रदेशबाट प्राप्त ५ करोड ५ लाख ८२ हजार रुपैयाँ र सशर्त अनुदानतर्फ प्राप्त हुने ३२ करोड १४ लाख र सामाजिक सुरक्षा भत्तावापत प्राप्त हुने १५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

बजेटमा कृषिमा आत्मनिर्भर बन्न लघुउद्यम कार्यक्रम सञ्चालन गर्न अनुदान दिइने, सबै वडामा कृषि र पशु प्राविधिकको पहुँच विस्तार, हाट बजार सञ्चालन गर्न अध्ययन गरिने तथा कोसेली घर यसै वर्षबाट सञ्चालनमा ल्याइने उल्लेख छ । उपमेयर गोपालीका अनुसार थाहा नगरलाई दूध, अण्डा र मासुमा आत्मनिर्भर बनाउन थप कार्यक्रम समेत सञ्चालन गरिनेछ ।

बजेटमा भीमफेदी–सिमभन्ज्याङ र सिमभन्ज्याङ–चन्द्रागिरी खण्डमा केवलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने बताइएको छ । ‘पर्यटनमैत्री सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौं,’ उनले भने । यस्तै सबै क्षेत्र समेटेर तथ्य र तथ्यांकसहितको गुरुयोजना निर्माण गरेर दिगो विकासको अवधारणलाई आत्मसाथ गरिने गोपालीले बताए ।

कमेन्ट गर्नुहोस्