
यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसधानको भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेपछि पनि भाडा समायोजन गरेको हो ।
विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ ।
त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।
स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।











कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/06/public-bus-768×427.jpeg 768w, 






