पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/Aagni_Sapakota_News-1024×606.jpeg 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/Aagni_Sapakota_News-768×454.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/Aagni_Sapakota_News.jpeg 1324w” sizes=”(max-width: 500px) 100vw, 500px” />
सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनलाई जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।

बैठकको सुरुवातमै एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सदन र जनतालाई सम्बन्धित् मन्त्रीले जवाफ दिनुपर्ने र यसका लागि रुलिङ जारी गर्न सभामुख सापकोटासँग माग गरेकी थिइन् ।

सरकारले जनतामाथि अत्याचार गरेको भन्दै उनले रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताइन् । तत् पश्चात सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन् ।

कमेन्ट गर्नुहोस्