काठमाडौंमा पहिलो पटक सुँगुर र बुङ्गुरमा अफ्रिकन स्वाइन फिभर भेटियो

205
0
Share:

काठमाडौं उपत्यका विभिन्न ठाउँमा पालिएका बुङ्गुरमा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको छ । यो रोगका कारण एक हजार १९ सुँगुर तथा बुङ्गुर मरेको  पशुसेवा विभागले जनाएको छ ।

काठमाडौंकाे कागेश्वरी  मनोहरा क्षेत्रमा पालिएका बुङ्गुर मर्न थालेपछि नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोग देखापरेको हो ।

पशु  सेवा  विभागबाट  खटिएका  प्राविधिक टोलीले प्रदेश र पालिकाका पशु  सेवासँग  सम्बन्धित  निकायसँग  सहकार्यमा  रोगको सघन निगरानी गर्ने क्रममा कागेश्वरी मनोहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली र ललितपुरको गोदावरी क्षेत्र र भक्तपुरको चाँगुनारायण  क्षेत्रमा  पालिएका  फार्ममा  रोग देखा परेको पाइएको हो ।

यो रोग बुङ्गुरमा  नेपालमा  पहिलो  पटक  देखा  परेको हो ।

अफ्रिकन स्वाइन फिभर  रोग  लागेका  सुँगुर र बुङ्गुरको मासु राम्रोसँग पकाएर खाँदा   मानव   स्वास्थ्यलाई  असर  नगर्ने  बताइएकाे छ ।  विभागका   अनुसार   यो   रोग   सङ्क्रमण भएमा सुँगुर प्रजातिमा ज्वरो आउने,  कान  पुच्छर,  पेटको  तल्लो  भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छटपटाउने लक्षण देखा पर्छ । तर अहिलेसम्म यो रोगविरुद्ध खोप उपलब्ध छैन ।

रोगी सुँगुर तथा बुङ्गुरको उपचारमा समस्या हुने भएकाले सावधानी अपनाउन विभागको आग्रह छ ।

कमेन्ट गर्नुहोस्