
काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा१ लाख ९७ हजार ५ सय रुपैयाँ कायम थियो ।
यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार तोलामा १ हजार १६० रुपैयाँ कायम भएको हो ।
कमेन्ट गर्नुहोस्








