रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित, आजै थुनछेक बहस हुने

Share:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर जबरापछि उपाध्यक्ष रवीन्द्र मिश्र पनि काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् ।

तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान अदालतमा उपस्थित भएका हुन् । आज अदालत उपस्थित भएका मिश्रको पनि आज नै थुनछेक बहस हुने बताइएको छ ।

महामन्त्री राणा सोमबार अदालतमा उपस्थित भएका थिए । र, उनी ३ लाख धरौटीमा छुटेका छन् ।

मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो ।

गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन भड्किएर हिंसात्मक बनेको थियो । २ जनाको मृत्यु हुने गरी भएको घटनामा मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए ।

कमेन्ट गर्नुहोस्